साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार एकैदिन सुन तोलाको ६०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो । महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ५०० रुपैयाँ, तेजावी ९१ हजार रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार २३० रुपैयाँ…