नेपाली बजारमा आइतबार सुनचाँदी दुबैको मूल्यमा बढोत्तरी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा २०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको हो । महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९० हजार ७०० रुपैयाँ, तेजावी ९० हजार २०० रुपैयाँ र चाँदीको भाउ १ हजार ३०५ रुपैयाँ कायम गरिएको छ ।…