HIDCL को प्रतिकित्ता ३४३ रुपैयाँमा शेयरमूल्य समायोजन

हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को प्रतिकित्ता ३४३ रूपैयाँमा शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीले चुक्ता पूँजीको शतप्रतिशत (१ः१) हकप्रद जारी गर्न शुक्रबार शेयर दाखिला खारेजी मिति तोकेसँगै हकप्रदमा मूल्य समायोजन गरी समायोजित मूल्य तोकेको हो । नेप्सेले कम्पनीको बिहीबारको कारोबार भएको अन्तिम मूल्य ५८६ रुपैयाँका आधारमा १००…