नेपाल चेम्बर अफ कमर्शले कर विवरण तथा कर दाखिला गर्ने म्याद थप सरकारसँग आग्रह गरेको छ । कोभिड—१९ महामारी संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि जारी निषेधाज्ञाका कारण उद्योग, व्यवसाय तथा कार्यालयहरू बन्द रहेका र व्यवसायी तथा कर्मचारीहरू कार्यालयमा जान सक्ने अवस्था नभएको भन्दै कर विवरण तथा कर दाखिला गर्ने म्याद थप गर्न माग गरेको हो।…