पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा सस्तो ब्याजदरमा घरकर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ७.२५ प्रतिशत ब्याजदरमा घरकर्जाको योजना ल्याएको हो । एकवर्षसम्म ब्याजदर परिवर्तन नहुने र अधिकतम एक करोड ५० लाखसम्म कर्जा पाइने बैंकले जनाएको छ । अधिकतम २० वर्षसम्मका लागि यस किसिमको कर्जा दिने भएको हो । बैंकले कर्जा प्रक्रिया सुरु…