पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

लमजुङ । निरन्तरको वर्षापछि आज बिहान पहिरो गएर अवरुद्ध भएको मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड पुनःसञ्चालनमा आएको छ । यस सडकअन्तर्गत मध्यनेपाल नगरपालिका–६ मा सडक माथिबाट ढुङ्गा माटोसहितको पहिरो खसेपछि बिहानदेखि आवागमन अवरुद्ध हुँदा सवारीसाधन अलपत्र परेका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका ट्राफिक प्रहरी हवल्दार मिनबहादुर थापाका अनुसार डोजर प्रयोग गरी सडकमा खसेको पहिरो…