सिंगटी हाइड्रो इनर्जी (SHEL) को शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३३० रुपैयाँ पुगेको हो । बुधबारदेखि दोस्रो बजारमा कारोबार खुलेको कम्पनीको शेयर स्पेश प्रि ओपनिङ्गमा नै अधिकतम कारोबार रेञ्ज ३०० रुपैयाँमा पहिलो खुलेको थियो । त्यसपछिको पाँच वटा कारोबारमा २ प्रतिशतका दरले मूल्य बढेर सकारात्मक सर्किट लागेको हो…