लक्ष्मी बैंकको ‘एपीआई बैंकिङ’ मा आधारित ‘एलएक्सबी कनेक्ट’ मा साझेदारीको आह्वान

लक्ष्मी बैंकले ‘एपीआई बैंकिङ’ को माध्यमबाट डिजिटल प्रविधिको प्रयोग बढाउने रणनीति बमोजिम ‘एलएक्सबी कनेक्ट’ नामक ‘एपीआई डेभलपर’ प्लाटफर्म घोषणा गरी साझेदारीका लागि आह्वान गरेको छ। यस साझेदारी अन्तर्गत फिन्टेक, स्टार्टअप तथा डेभलपरहरुले आफ्नो क्षेत्रसँग सम्बन्धित बैंकका साझा ग्राहकहरुलाई विविध डिजिटल सेवा प्रदान गर्न सक्नेछन्। ‘एलएक्सबी कनेक्ट स्यान्डबक्स’ इन्भाइरोमेन्टअन्तर्गत इच्छुक साझेदारहरुले बैंकिङ्ग सेवा तथा प्रणालीलाई दृष्टिगत…