हिमालयन डिस्टिलरीले घोषणा गर्यो बम्पर लाभांश, शेयर मूल्यमा पोजेटिभ सर्किट

हिमालयन डिस्टिलरीले बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १०२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ५० प्रतिशत बोनस तथा करसहित ५२.६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई उक्त लाभांश वितरण हुने छ । कम्पनीले…