आयात घट्दा चालु खातामा १६१ अर्ब, शोधनान्तर स्थिति २७३ अर्बले बचतमा

चालु आर्थिक वर्षको सुरुवातदेखि आयातमा आएको कमीको प्रभाव चालु खातामा देखिएको छ । अर्थतन्त्रमा आएको मन्दीका कारण आर्थिक गतिविधि विस्तार हुन नसक्दा घटेको आयातले चालु खातालाई बचतमा पुर्याएको हो । पुस महिनासम्ममा कुल वस्तु आयात ३.१ प्रतिशतले कमी आएको छ । समीक्षा अवधिमा चालु खाता १ खर्ब ६१ अर्ब ६२ करोडले बचतमा रहेको छ ।…