श्रीलङ्कामा विदेशी कम्पनीका लागि इन्धन बजार खुला

श्रीलङ्काको संसद्ले स्थानीय इन्धन बजारमा विदेशी प्रतिस्पर्धालाई अनुमति दिने कानून पारित गरेको छ । यो कदमले सन् १९६० को दशकको सुरुमा तेल कम्पनीहरूको राष्ट्रियकरणपछि पहिलो पटक अन्तर्राष्ट्रिय तेल कम्पनीहरूलाई श्रीलङ्कामा पुनः प्रवेश गर्न मङ्गलबारको निर्णयले मार्ग प्रशस्त गरेको छ । यद्यपि भारतीय आयल कर्पोरेसनले सन् २००३ देखि नै त्यहाँ इन्धन आपूर्तिका लागि अनुमति पाउँदै आएको…