नेपाल माइक्रो इन्स्योरेन्सको कामु सीईओमा अनिल गिरी

काठमाडौँ। नेपाल माइक्रो इन्स्योरेन्सको कायम मुकामय प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी अनिल गिरीले पाएका छन् । कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले गिरीलाई कामु सीईओमा नियुक्त गरेको हो।