एनआइबिएल सहभागिता फण्डका इकाई अब अनलाइनबाट स्वचालित रुपमा किनबेच गर्न सकिने


पहिलो खुल्लामुखी योजना एनआईबिएल सहभागिता फण्डका इकाईहरु अनलाइन माध्यमबाट किनबेच गर्न सकिने भएको छ ।

नेपाल ईन्भेष्टमेण्ट बैंक कोष प्रबद्र्धक र एनआईबिएल एस क्याप्टिल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको फण्डका इकाइ यस अघि तोकिएका स्थानबाट मात्र किनबेच गर्न सकने व्यवस्था थियो ।

योजना व्यवस्थापकले आवश्यक पूर्वाधार निर्माण गरी यस योजनाको कारोबारलाई थप प्रभावकारी तथा सहज बनाउन र योजनाको पँहुचलाई ईन्टरनेटको माध्यमद्धारा आम लगानीकर्ताहरु माझ सहजै उपलब्ध गराउन अनलाइन कारोबारको व्यवस्था गरिएको हो । जस अनुसार २०७७ कात्तिक २ गतेका दिनदेखि फण्डका इकाइको कारोबारमा स्वचालित कारोबार प्रणाली लागू गरिएको एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

यस योजनाको स्वचालित विद्युतीय कारोबार प्रणाली मार्फत आम लगानीकर्ताहरु तथा इकाईधनीहरुले हालका लागी योजनाका ईकाई खरिद गर्न सक्ने, व्यवस्थित लगानी योजनामा दर्ता, व्यवस्थित लगानी योजनाको किस्ता रकमको भुक्तानी, युजर लगइन दर्ता तथा लगइन मार्फत अन्य विभिन्न सुविधाहरु प्राप्त गर्न सक्ने जानकारी क्यापिटलले दिएको छ ।

थप जानकारीको लागी एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाटमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।