कुमारी बैंकले काठमाण्डौं उपत्यकाभित्र तथा बाहिर गरेर एकै पटक ८ नयाँ शाखा बिस्तार गरेको छ । काठमाण्डौंस्थित खुसिबुँ, पानीपोखरी , मालिगाँउ, नरेफाँट, नयाँ पाटी, बाफल, मैतिदेवीमा शाखा बिस्तार गरेको हो । त्यसैगरी उपत्यकाबाहिर मोरङ स्थित बेलबारी गरी कूल ८ शाखा बिस्तार गरिएको बैंकले जनाएको छ ।
बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानियलाई सहज रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा विस्तार गरिएको हो । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पु¥याउने योजना बनाएको जनाएको छ ।
कुमारी बैंकले १८७ शाखा, १५२ वटा एटिएम तथा १३ वटा एक्सटेन्सन काउण्टर र २३ वटा शाखाविहिन युनिटहरुद्घारा सेवा दिँदै आएकोमा ८ वटा शाखा बिस्तारसँगै बैंकको कुल शाखा सञ्जाल १९५ पुगेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया