सिटिजन्स बैंकका ग्राहकहरुले वन डे थ्रिडी आर्ट रेष्टुरेन्टमा छुट प्राप्त गर्ने


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वन डे थ्रिडी आर्ट रेष्टुरेन्ट, कुमारीपाटी, काठमाडौं बीच सिटिजन्स बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकलाई रेष्टुरेन्टको सेवा शुल्कमा छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौता पश्चात् सिटिजन्स बैंकका डेबिट/क्रडिट/प्रिभिलेज कार्डवाहक, मोबाइल बैंकिङ्ग ग्राहक तथा कर्मचारीहरुले वन डे थ्रिडी आट रेष्टुरेन्टका विभिन्न सेवाहरुमा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।