ज्योति विकास बैंक (JBBL) ले काठमाडौं न्युरोड स्थित हिमालय माध्यमिक विद्यालयलाई हाम्रो विकास प्रवर्द्धन कोष मार्फत विद्यालयको शौचालयको पुनर्निर्माण गर्नका लागी आर्थिक सहयोग प्रदान गरेको छ ।
विद्यालयमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट काठमाडौं उपत्यका क्षेत्रीय कार्यालय प्रमुख दिलिप राज बराल र बैंकका न्युरोड शाखाका शाखा प्रबन्धक रबिन रेग्मीले हिमालय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली रत्न शाक्य र विद्यालयकी प्रध्यानाध्यापिका हीरा लक्ष्मी श्रेष्ठलाई शौचालयको पुनर्निर्माण गर्नका लागी २ लाख बराबरको आर्थिक सहयोग प्रदान गरेका छन् ।
हिमालय माध्यमिक विद्यालयले सीमान्तकृत वर्ग र आर्थिक अवस्था कमजोर भएका २०० भन्दा बढी विद्यार्थीहरु लाई न्युनतम शुल्कमा अध्यापन गराईरहेको छ। विद्यालयको संरचनामा सुधार गर्न, अध्यनरत विद्यार्थीहरुको लागि सफा र स्वच्छ शिक्षण वातावरण सिर्जना गर्ने मनसायका साथ शौचालय पुनर्निर्माण गर्न सहयोग गरिएको बैंकले जनाएको छ ।
नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ।
ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढि ऋणीहरुलाई करिब ३७ अर्ब कर्जा लगानी गरेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया