पेट्रोलियम पदार्थको मूल्य समायोजन


काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य समायोजन गरेको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँले मूल्य बढेको छ । नयाँ मूल्यअनुसार, काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी सुर्खेत र दाङमा भने प्रतिलिटर १५५ रुपैयाँ तय गरिएको छ । चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा कायम भएको छ । यसैगरी, मट्टीतेलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार  ०७ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।