सूर्या लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्यो सूर्या चौरासी बीमा योजना


सूर्या लाइफ इन्स्योरेन्सले ‘सूर्या चौरासी पूजा’ नामक नयाँ जीवन बीमा योजना बजारमा ल्याएको छ ।

‘दीर्घ जीवन समृद्धि भविष्य’ भन्ने सन्देशका साथ ल्याइएको बीमा योजनाको एक कार्यक्रमकाबीच शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा बीमा योजना सार्वजनिक गरिएको हो ।

इन्स्योरेन्सकी ब्राण्ड एम्बेसडर गायिका इन्दिरा जोशी, कम्पनीका संस्थापक शेयरधनी विवेक झा र कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराइले संयुक्त रुपमा नयाँ बीमा योजना सार्वजनिक गरेका हुन् ।

सानो रकमको बीमा शुल्कमा बीमितलाई धेरै जोखिम वहन गराउन र इच्छाइएको अवधि पछि पनि बीमितको जीवन निर्वाहको लागि नियमित रुपमा प्रतिफल प्रदान गर्न बीमा योजना ल्याइएको इन्स्योरेन्सले बताएको छ ।

बीमा योजना खरिद गर्ने बीमित जीवित रहेसम्म लागू हुने बीमा योजनामा बीमा शुल्क भुक्तानी अवधि पछि आर्जित बोनस एकमुष्ठ प्राप्त हुने बताइएको छ ।

आर्जीत बोनस लिए पछि प्रत्येक वर्ष ८२ वर्षसम्म बीमाङ्कको ६ प्रतिशत प्रतिफल प्राप्त हुने र ८३ वर्ष पुगेपछि बीमाङ्कको १५० प्रतिशत रकम पाइने इन्स्योरेन्सले जनाएको छ ।

बीमा योजना सुरुवात कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गरेको इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निःसहाय सेवा सदन शान्तिनगरलाई सहयोग प्रदान गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।