मेयर कप २०७७ क्रिकेटको डिशहोमले प्रत्यक्ष प्रशारण गर्ने


राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघद्धारा आयोजीत मेयर कप पुरुष ९एक दिवसिय० २०७७ प्रत्यक्ष प्रशारण गर्न डिश मिडिया नेटवर्क र क्यान विच समझदारी भएको छ ।

काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा फाल्गुण २२ बाट सुरु हुने मेयर कप पुरुष ९एक दिवसिय० २०७७ मा तीन विभागीय टोली, १ बागमती टोलि र काठमाडौ महानगरपालिका टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन ।

फाल्गुण २९ गते सम्म चल्ने प्रतियोगितामा १ बागमती प्रदेश, ३ विभागिय टोली र १ काठमाडौ महानगरपालिका गरि सहभागी ५ टाली रहेको छ ।

दुबै प्रतियोगिता डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानल ले प्रत्यक्ष प्रशारण गर्नेछ ।

यसअघि दाङमा भएको प्रधानमन्त्री कप महिला प्रतियोगिता र काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा भएका खेलको पनि प्रत्यक्ष प्रसारण गरेको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।