गोरखा डिपार्टमेन्ट स्टोरका ४ आउटलेटमा एनआईसी एशियाको क्यू आर कोड भुक्तानी


एन आई सी एशिया बैंकले पूर्वी नेपालमा सञ्चालनमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरका ४ वटा शाखामा क्यू आर कोड भुक्तानी सेवा सुरु गरेको छ । बैंकको तर्फबाट प्रदेश १ र २ का डेपुटी प्रोभिन्सियल पर्फमेन्स एसोरेन्स इकोसिष्टम प्रकाशचन्द्र अधिकारी र स्टोरका तर्फबाट महाप्रबन्धक बलराम आचार्यले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

बैंकले सजिलो एकाउन्टसँगको सहकार्यमा डिपार्टमेन्ट स्टोरको बिलमै फोन पेको क्यू आर कोड आउने नयाँ प्रणालीको सुरुवात गरेको छ । जसमार्फत कम्प्युटरको स्कृनमा क्यू आर कोड स्क्यान गरी उपभोक्ताहरूले खरिद रकम भुक्तानी गर्न सक्ने बताइएको छ ।

फोन पेमा आबद्ध बैंकका ग्राहकहरुले गोरखा डिपार्टमेण्ट स्टोरका मोरङ जिल्लास्थित विराटचोक तथा पथरी, सुनसरी जिल्लाकोे इटहरी र झापा जिल्लाको दमकमा रहेका आउटलेटमा क्यू आर कोडबाट खरिद गरेको सामानको भुक्तानी गर्न सक्ने छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।