महालक्ष्मी विकास बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण


महालक्ष्मी विकास बैंक तथा नेशनल लाईफ इन्स्योरेन्स बिचको सहकार्यमा महालक्ष्मी विकास बैंकको पालुङ शाखाबाट त्यहाँका विपन्नवर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जा अन्तगर्तको लघु अमृत म्यादी बीमा योजनामा पर्न आएको मृत्यु हकदावी बीमा बापतको रकम हकवालालाई हस्तान्तरण गरिएको छ । बैंकका अनुसार ६ लाख ७ हजार ५०० रुपैंया बराबरको रकम हकवालालाई हस्तान्तरण गरिएको हो ।

थाहा नगरपालिका १० का स्व. बिष्णु मगर र थाहा नगरपालिका १ का स्व. देगु माया बलामीको मृत्यु हकदावी बीमा बापतको रकम बराबरको चेक हकवालाहरु कल्पना घर्तीलाई ५ लाख २५ हजार र रविन बलामीलाई ८२ हजार रुपैंया लार्ई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारी र नायव प्रबन्धक जोनश शर्माले हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा शाखा प्रबन्धक संगिता बज्राचार्यले कृषि तथा विपन्नवर्ग कर्जा अन्तरगत लघु अमृत म्यादी बीमा योजना के हो र किन हो भन्ने कुरामा प्रष्ट पारेकी थिइन भने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारी तथा नायव प्रबन्धक जोनश शर्माले स्थानिय कृषकहरुले सहुयित कर्जा तथा कृषि कर्जाका विषयमा उठाएका जिज्ञासाहरुलाई निराकरण पारेका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।