एभरेष्ट बैंकको १०३ औं शाखा तनहुँको दमौलीमा


एभरेष्ट बैंकले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि दमौली, तनहुँमा आफ्नो १०३ औं शाखा सञ्चालनमा ल्याएको छ ।

व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने र गण्डकी प्रदेश प्रमुख राजु गौलीले बैंकको उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

शाखा उद्घाटनसँगै बैंकले कन्ट्याक्टलेश पेमेण्टलाई प्रबद्घन गर्दै आफ्ना ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासनका साथ क्यू आर कोडा पनि हस्तान्तरण गरेको छ ।

११ लाखभन्दा बढीलाई बैंकिङ सेवा दिँदै आएको बैंकको १०३ शाखा संजाल, प्रादेशिक कार्यालय , १३५ वटा एटीएम सञ्चालनमा छन् । यसका साथै बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।