प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


प्रभु इन्स्योरेन्स कम्पनीको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन हो ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले बैशाख २६ गते आइतबारदेखि सभा हुने दिनसम्म शेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने भएको छ । जसअनुसार बैशाख २३ गते बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।

कम्पनीले जेठ ६ गते प्रभु कम्प्लेक्स तीनकुने काठमाडौंमा बिहान ११ बजे २५ औं वार्षिक साधारण सभा आह्वान गरेको हो ।

साधारण सभाले आर्थिक वर्ष ०७६÷७७ बाट सञ्चालक समितिको बैठकले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद गरी कुल १० .५३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको अन्त्यसम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित र सामूहिक लगानी कोष सञ्चालन गर्ने विषय प्रबन्धपत्रमा थप गर्ने प्रस्ताव साधारण सभाले अनुमोदन गर्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।