शिखर इन्स्योरेन्सको हकप्रद एनआईबिएल एसले निष्काशन गर्ने


शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद शेयर एनआइबिएल एस क्यापिटलले निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई इन्स्योरेन्सले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

निर्जिवन बीमा कम्पनीहरुमा शिखर इन्स्योरेन्स एक अग्रणी कम्पनीको रुपमा स्थापित हुन सफल भएको कम्पनी हो । शिखर इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौतामा शिखर इन्स्योरेन्सका कम्पनी सचिव सुरज राजबाहक र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।