मेगा बैंकले सुरु गर्यो ऋण अटोमेसन प्रणाली, एसबी सोलुसनसँग सहकार्य


मेगा बैंकले ऋण अटोमेशन प्रणालीको सुरुवात गरेको छ । बैंकले एसबी सोलुसन प्रा.लि. सँगको सहकार्यमा क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको हो । यसले अनलाइन ऋण आवेदन, इन्टर्नल ऋण वर्क फ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ ।

मेगा बैंकका प्रमुख व्यवसाय अधिकारी अमित श्रेष्ठ र एसबी सोलुसनका अध्यक्ष विपुल ढकालले आ–आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका छन् ।

क्रेडिट–एक्स (ऋण अटोमेसन प्रणाली) को थालनीसँगै बैंकहरूले पूर्ण रूपमा कागज निर्भर ऋण कार्यप्रवाह गर्न सक्षम हुनेछन् । यसले प्रणाली भित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पु¥याउनेछ । यो नयाँ तरिकले बैंकलाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ । प्रणालीले जमानत र गैर जमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ ।

ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्र्तगत रहेको रेटिंगको दृष्टिकोणमा निर्माण गरिएको बताइएको छ । यो स्वायत्त सिस्टम, प्रणालीले संचालित ग्राहकको उद्देश्य मूल्याकनका साथै विषयगत प्यारामिटरहरूको मानकीकरणको रुपमा पनि काम गर्नेछ ।

यस नयाँ प्रणाली कार्यान्वयन भएसँगै बैंक र अन्तका उपभोक्ताहरूले प्रशोधन र स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशत भन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन् । बैंकले एसबी सोलुसनले निर्माण गरेको अनलाइन ऋण योग्यता सेवा पनि सुचारु गर्दैछ । जसले ग्राहकहरूलाई अनलाइन ऋण योग्यता जाँच गर्न र बैंकले प्रस्ताव गरेको अनलाइन पोर्टल मार्फत कुनै पनि ऋण प्रडक्टको लागि आवेदन दिन सहयोग पु¥याउँछ ।

मेगा बैंक नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत प्राप्त संस्था हो । मेगा बैंकले देशभरका १८० भन्दा बढी शाखाहरुबाट झण्डै ८ लाख सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ ।

एसबी सल्युसन प्रा.लि.ले हालसालै डिजी हब प्रा.लि. सँग पनि आफ्नो संस्था गाभेको छ । डिजी हब प्रा.लि गैर आवासीय नेपाली ग्रुप द्वारा पदोन्नति गरिएको संस्था हो । यसले एपीआईएमएस, वान लिंक, क्रेडिट एक्स जस्ता विस्तृत प्रडक्ट तथा प्रक्रियालाई डिजिटाइजेशन तथा अटोमेसन गर्ने र विभिन्न बैकिङ प्रणालीलाई सहज बनाउने सिस्टमहरुको विकास गरिरहेको छ । डिजी हबले फिनटेक र लेण्डिङ डिजिटाइजेनको काम सँगैं क्रेडिट एक्स, अनलाइन ऋण योग्यता, इन्स्टा ऋण, पेडे ऋण, अनलाइन खाता खोल्ने, कागजात व्यवस्थापन प्रणाली, विक्रेता व्यवस्थापन प्रणाली, कर्पोरेट बैंकिंग प्रणालीमा क्रेडिट र ग्यारेन्टीहरू स्वचालित गर्न, मेमो व्यवस्थापन प्रणाली, बजेट प्रबन्धन प्रणाली र मोबाइल एपहरु बनाउँदै आएको छ । हाल ४० भन्दा बढि वित्तीय संस्थान र कर्पोरेट संस्थाले एसबी सोलुसन तथा डिजि हबले निर्माण गरेको प्रणाली प्रयोग गरिरहेका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।