राष्ट्रिय वाणिज्य बैंकले कोरोना प्रभावित ग्राहकलाई व्याजमा १० प्रतिशत छुट दिने


राष्ट्रिय वाणिज्य बैंकले कोरोनाबाट प्रभावित ग्राहकलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

विश्वव्यापी रुपमा देखा परेको कोरोनाबाट प्रभावित उद्योग व्यवसायको पूनरुत्थानको लागि सरकारले वार्षिक बजेट तथा नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत विभिन्न नीतीगत सहूलियतका कार्यक्रमहरु ल्याएको सन्दर्भमा नेपाल राष्ट्र बैंकले जेठ ११ गते परिपत्र जारी गरी बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना ग्राहकहरुलाई प्रोत्साहन स्वरुप ब्याजदर वा ब्याज रकममा छुट प्रदान गर्न सक्ने व्यवस्था गरेको थियो ।

हाल कोरोना रोकथाम तथा नियन्त्रण गर्नको लागि जारी गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीको विषम परिस्थतिका कारण कर्जा ग्राहकहरुको व्यवसायिक कारोवार बन्द रहेको तथा कर्मचारी कामदारहरुको रोजगारी गूमेको कारण नगद प्रवाहमा प्रतिकुल असर परेको अवस्थामा यस्तो निर्णय गरिएको बैंकले जनाएको छ ।

ग्राहकहरुले नियमित कर्जा भूक्तानी गर्न समस्या हूने देखिएको हुँदा ग्राहकहरुलाई व्याज रकममा छुट प्रदान गर्दा कर्जा भूक्तानी गर्न सहज हुने तथा व्यवसायको निरन्तरता एवं पुनरुत्थानमा सहयोग पुग्ने अपेक्षा गरी असार मसान्त भित्र कर्जाको किस्ता तथा ब्याज बुझाउने कोरोनाबाट प्रभावित ग्राहकलाई १० प्रतिशत रकम छुट प्रदान गर्ने निर्णय गरिएको बैंकले जनाएको छ ।

व्याज रकम छुट सूबिधाबाट ७ वटै प्रदेशका २४७ शाखा कार्यालयका कर्जा ग्राहकहरु लाभान्वित हूने अपेक्षा बैंकले गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।