आगामी आइतबार राजश्वको कारोबार गर्ने बैंकलाई खुल्ला राख्न राष्ट्र बैंकको निर्देशन


नेपाल राष्ट्र बैंकले आगामी आइतबार राजश्व कारोबार गर्ने बैंकहरुलाई सेवा सुचारु गराउन निर्देशन दिएको छ ।

सोमबार एक सूचना मार्फत राष्ट्र बैंकले ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक वित्तीय संस्थालाई असोज ३१ गते आइतबारका दिन सार्वजनिक विदा परेको खण्डमा पनि राजश्व कारोबार गर्ने बैंकलाई पूर्णकालीन सेवा उपलब्ध गराउन भनेको हो ।

राजश्व संकलन गर्ने आन्तरिक राजश्व कार्यालयहरु, करदाता सेवा कार्यालयहरु, भन्सार कार्यालयको राजश्व बुझ्ने काउण्टरहरु, राजश्व कारोबार गर्ने सबै बैंक तथा वित्तीय संस्थाहरु र नेपाल राष्ट्र बैंक पूर्णकालीन रुपमा खुल्ला गरी राजश्व बुझ्ने व्यवस्था गर्ने राष्ट्र बैंकले भनेको हो ।

आगामी ३१ गते दशैंको विदा सकिएर कार्यालय खुल्ने पहिलो दिन भए पनि प्रदेशको निर्णय अनुसार कुनै स्थानमा बैंक बन्द हुन सक्ने भन्दै यस्तो निर्देशन जारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।