बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृतमा श्रवण लाल मास्के नियुक्त


बैंक अफ काठमाण्डुको प्रमुख कार्यकारी अधिकृतमा श्रवण लाल मास्के नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको कात्तिक १७ गते बुधबार बसेको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतमा मास्केलाई नियुक्त गरेको हो ।

नवनियुक्त बैंकका प्रमुख कार्यकारी अधिकृत मास्केले विगत ३ महिना अघि देखि बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हालिरहेका थिए ।

मास्केले बैंकको दीर्घकालिन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।

सन् १९८५ मा नबिल बैंकबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका मास्केसँग ३ दशकभन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा काम गरेको अनुभव छ । जसले मास्केलाई बैंकिङ्ग क्षेत्रमा एक अनुभवी तथा कुशल ब्यवस्थापकको रुपमा स्थापित गराएको छ ।

नवनियुक्त बैंकका प्रमुख कार्यकारी अधिकृत मास्केले आफ्नो कार्यकालमा बैंक अफ काठमाण्डूलाई थप सबल, सफल तथा सुदृढ बैंकको रुपमा स्थापित गराउन आफ्नो प्रमुख भुमिका रहने बताएका छन् ।

बैंक अफ काठमाण्डूले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सेवा दिँदै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।