नेपाल राष्ट्र बैंकले छ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै


नेपाल राष्ट्र बैंकले सोमबार ६ अर्ब १० करोड रुपैंया बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ । बैंकले ९१ दिन अवधिका लागि १० करोड रुपैंया र १८२ दिन अवधिको ५ अर्ब गरी ६ अर्ब १० करोड रुपैंया बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार ९१ दिने ट्रेजरी आगामी माघ २५ गते परिपक्व हुनेछ भने १८३ दिने ट्रेजरी २०७९ वैशाख २७ मा परिपक्व हुनेछ । यसअघि कात्तिक १५ मा बैंकले १ अर्ब ६६ करोडको ट्रेजरी बिक्री गरेको थियो ।

ट्रेजरीको बोलकबोल अनलाइनमार्फत आज दिउँसो २ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।

राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत प्रत्येक हप्ता यस्ता ऋणपत्र बिक्री गर्दछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।