हिमालयन बैंकको नयाँ शाखा रुपन्देहीको तिलोत्तमामा


हिमालयन बैंकले रुपन्देहीको तिलोत्तमा नगरपालिका ५ स्थित मणिग्राम चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा उक्त स्थानमा शाखा बिस्तार गरिएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले उक्त शाखाहरुबाट सेवाग्राहीलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउने जनाएको छ ।

यो शाखाका साथै हाल बैंकको कूल शाखा संख्या ७२ र विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटीएम संख्या १४६ र ५ हजारभन्दा बढी पस टर्मिनलबाट पनि सेवा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।