निजी प्रयोजनका हलुका सवारी साधनको आयात प्रतीतपत्र सुचारु गराउन नाडाको आग्रह


सवारी साधनका बिक्रेताहरुको छाता संस्था नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले निजी प्रयोजनका हलुका सवारी साधन आयातको प्रतितपत्रलाई सुचारु गराउन आग्रह गरेको छ ।

प्यासेन्जर अटोमोबाइलको आयातमा लगाइएको प्रतिबन्धले पारेको असरको दृष्टिकोण सार्वजनिक गर्दै नाडाले यस्तो आग्रह गरेको हो ।

नेपालमा अटोमोवाइल क्षेत्रको योगदान र यस व्यवसायमा देखा परेका समस्याहरुलाई केलाउदै नाडाले प्यासेन्जर अटोमोबाइलको आयातमा लगाइएको प्रतिबन्धले पारेको असरको दृष्टिकोण सार्वजनिक गरेको हो ।

१ खर्व भन्दा बढीको लगानी, हरेक बर्ष १ खर्व ५० अर्व भन्दा बढी रकम राजश्वमा योगदान पु¥याउदै आएको, देशको प्रत्यक्ष रोजगारीमा प्रत्यक्ष रुपमा १ लाख र अप्रत्यक्ष रुपमा १० लाख नागरिकलाई रोजगारीको अवसर प्रदान गर्दै आयातको तुलनामा झण्डै दोब्बर राजश्व उपलब्ध गराउने अटोमोवाइल क्षेत्रलाई नजर अन्दाज गरेको नाडाको आरोप छ ।

सरकारले निजी प्रयोजनका कार, जीप र भ्यानलाई आउदो आषाढ मसान्तसम्मको लागि त्यसको आयातमा प्रतिवन्ध समेत लगाएको भन्दै नाडाले त्यसलाई सुचारु गराउन आग्रह गरेको हो ।

नाडाले केही दिन अघि मात्रै नीजि प्रयोजनका कार,जिप र भ्यानको आयात खुल्ला गर्नको लागि अर्थ मन्त्रालयमा विधिवत सुझाव समेत पेश गरिसकेको नाडाले जनाएको छ । नाडाले सार्वजनिक गरेको दृष्टिकोणले नेपालको अटोमोवाइलक्षेत्रबारे यथार्थ जानकारी प्राप्त हुने अपेक्षा लिएको ।

नाडाले सार्वजनिक गरेको NADA Perspective को पूर्ण दस्तावेज यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।