सेयर लगानीकर्ताले चर्काए आन्दोलन


आन्दोलनरत सेयर लगानीकर्ताहरुले आन्दोलनका कार्यक्रमलाई झनै चर्काएका छन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पछिल्लो पत्रकार सम्मेलनमा आफ्ना १९ बुँदे मागको उचित सम्बोधन नगरेको देखिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

अनसरनरत कोइरालालाई भेट्न खुमलटार पुगे बालेन

खुमलटारस्थित धितोपत्र बोर्डको कार्यालय बाहिर ८ दिनदेखि आमरण अनसनमा बसेका पूँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाको स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको छ । बजारको विकास र सुधारमा समेत बोर्डले पहलकदमी नलिएको भन्दै लगानीकर्ताले बिरोध चर्काएका हुन् । अनसनस्थलमा अहिले नाराबाजीलाई तीव्र पारिएको छ । उनीहरुले कुनै पनि बहानामा आन्दोलनलाई स्थगित नगर्ने बताएका छन् ।

वार्ता र संवादबाट समस्या समाधान गर्न चाहे पनि त्यसको विपरित अवस्था उत्पन्न गराइएको लगानीकर्ताको आरोप छ । उनीहरुले सडक आन्दोलनलाई शान्तीपूर्ण रुपमा तीब्र बनाउने बताएका हुन् । धितोपत्र बोर्डका कर्मचारीलाई कार्यालयबाट बाहिर जान नदिने उद्घोष गर्दै उनीहरुले सबै लगानीकर्तालाई आन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रह गरेका छन् ।

मंगलबार अनसनरत कोइरालाको स्वास्थ्य कमजोर भएपछि स्वास्थ्य परिक्षणका लागि पाटन अस्पताल लैजानेक्रममा क्रममा सुरक्षाकर्मीले दुव्र्यवहार गरेको आरोप लगाउँदै आएका छन् ।

कोइराला माथि दुव्र्यवहार भएको र बजारको उतारचढावलाई बोर्ड अध्यक्ष हमालले सामान्य रुपमा लिएको भन्दै बोर्ड कार्यालय अगाडि भेला भएका लगानीकर्ताले सडक आन्दोलनलाई थप दबावपूर्ण बनाउने बताएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।