बैंक वित्तीय संस्थाले चौथो त्रैमासिक प्रतिवेदन प्रकाशन गर्ने अवधि घट्यो


नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने समयसीमा घटाएको छ । केन्द्रीय बैंकले बिहीबार निर्देशन जारी गर्दै चौथो त्रैमासका लागि मात्र समय अवधी एक साता घटाएको हो ।

केन्द्रीय बैंकले आर्थिक वर्ष समाप्त भए पछिको एक महिनामा प्रकाशन गर्नु पर्ने चौथो त्रैमासिक वित्तिय विवरण २१ दिन भित्र प्रकाशित गरिसक्नु पर्ने व्यवस्था गरेको हो ।

गत आर्थिक वर्षमा साउन भरीको समय दिएकोमा यस वर्ष आर्थिक वर्षका लागि भने त्रैमास सकिएको २१ दिन भित्र वित्तीय विवरण प्रकाशित गर्न निर्देशन दिएको हो । बैंक तथा वित्तीय संस्थाले चौथो त्रैमास बाहेकका अन्य त्रैमासको वित्तीय विवरण ७ दिन भित्र प्रकाशित गर्नुपर्ने व्यवस्था छ ।

बैंक तथा वित्तीय संस्थाले एकीकृत वित्तीय प्रतिवेदन लगायत प्रमुख वित्तीय परिसूचकहरुको अन्तरिम वित्तीय प्रतिवेदन प्रयोजनका लागि तोकिएको ढाँचामा हरेक त्रैमासको महिना समाप्त भएको मितिले ७ दिनभित्र राष्ट्रियस्तरको दैनिक पत्रिकामा अनिवार्य प्रकाशित गर्नु पर्छ ।

त्यसैगरी सोको एक प्रति बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागलाई समेत पेश गर्नु पर्छ । साथै, अन्तरिम वित्तीय प्रतिवेदनको विस्तृत विवरण वेबसाइटमा राख्नु पर्छ । तर, चौथो त्रैमासको अन्तरिम वित्तीय प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको २१ दिनभित्र प्रकाशन गर्नु पर्ने व्यवस्था केन्द्रय बैंकले गरेको हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।