नेशनल लाइफ इन्स्योरेन्सको प्रतिकित्ता शेयर मूल्य ४४३ रुपैंया कायम


नेशनल लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको बोनस शेयरलाई कार्तिक ८ गते शुक्रबार शेयरमूल्यमा समायोजन गरिएको हो ।
नेपाल स्टक एक्स्चेञ्जका अनुसार इन्स्योरेन्सको अघिल्लो आर्थिक वर्षको साढे २ प्रतिशत बोनसलाई शेयरमूल्यमा समायोजन गरिएको हो । नेप्सेका अनुसार इन्स्योरेन्सको प्रतिकित्ता शेयर मूल्य ४४३ रुपैयाँ ९० पैसा कायम भएको छ ।
कार्तिक २४ गतका बोलाइएकोे साधारणसभाले साढे २ प्रतिशत बोनस र १२ प्रतिशत नगद लाभांश गरी साढे १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ ।