कामना सेवाका ग्राहकलाई डिजिटल भुक्तानीमा आकर्षक छुट

0
Shares

कामना सेवा विकास बैंकले नयाँ अफर सार्वजनिक गरेको छ । बैंकले आफ्ना फोनपे क्युआर ग्राहकहरुलाई चाडपर्वको समयमा डिजिटल भुक्तानी गरी चाडपर्व अझै रमाईलो र भुक्तानी सहज गर्ने उद्देश्यले चाडपर्व अफर ल्याएको हो ।

यो योजना अनुसार बैंकले आफ्ना फोनपे क्युआर ग्राहकहरुलाई यहि असोज ९ गते देखि लागू हुने गरी डिजिटल भुक्तानी मार्फत आकर्षक छुट प्रदान गर्नेछ ।

‘यस चाडपर्व लाइफ इजी बनाऔं, नगद छोडौँ फोनपे गरौँ’ भन्ने नाराका साथ क्युआर ग्राहकहरुले क्युआर प्रयोग गरी भुक्तानी गरेमा भुक्तानी रकमको १० प्रतिशत वा एक सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै फोनपेबाट क्युआर, आइबीएफटी तथा अनलाइन पेमेन्ट गर्दा ग्राहकहरुले हरेक दिन १ लाख जित्न सक्नेछन् । साथै फोनपे क्युआरबाट भुक्तानी लिदा व्यवसायीहरुले हरेक दिन स्मार्टफोन जित्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।