मुक्तिनाथ कृषि कम्पनीले पुँजी बढाउने

0
Shares

मुक्तिनाथ कृषि कम्पनीले पुँजी बढाउने भएको छ । कम्पनीको चौथो बार्षिक साधारणसभाले कम्पनीको चुक्ता तथा जारी पुँजी क्रमशः ५६ करोड र ७० करोड पुर्याउने प्रस्ताव पारित गरेको छ।

यहि असोज २८ गते सम्पन्न कम्पनीको साधारण सभाले ५५.५५% हकप्रद शेयर निष्कासन गरेर पूँजी बढाउने प्रस्ताव पारित गरेको छ । त्यस्तै आ.व. २०७८/०७९ को बार्षिक प्रतिबेदन उपर छलफल तथा पारित गरेको छ ।

साथै सोहि आ.व. को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायतका विवरण उपर छलफल तथा पारित गर्नुका साथै आगामी आर्थिक बर्षको लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गरेको कम्पनीले जनाएको छ ।

कृषि कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सेयर बिक्रीका लागि गत फागुन २० गते धितोपत्र बोर्डसँग अनुमतिका माग्दै आवेदन गरिसकेको छ

कम्पनीले चौथो स्थापना दिवसको अवसरको पारेर कृषि क्षेत्रमा विशिष्टकृत वस्तु तथा सेवाहरु उपलब्ध गराउने लक्ष्य सहित एकै पटक ८ वटा सहयक पब्लिक कम्पनीहरुको औपचारिक सुरुवात गरेको थियो। कम्पनीले स्थापना गरेका सहायक कम्पनीहरुमा मुक्तिनाथ कृषि कम्पनीको ८० प्रतिशत र सर्वसाधारणबाट २० प्रतिशत लगानी रहने छ।

हालसम्म कम्पनिले ६२ वटा जिल्लाहरुमा विभिन्न व्यवसायिक साझेदारहरुको माध्यमबाट वस्तु तथा सेवा प्रवाह गरेको छ । पोखरा, बुटवल र चितवनमा प्रादेशिक कार्यालयहरु सञ्चालनमा रहेको र यो वर्ष इटहरी, चन्द्रनिगाहपुर, सुर्खेत र धनगढीमा प्रादेशिक कार्यालयहरु स्थापनको अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ।

साथै कम्पनीको प्रबन्ध पत्र तथा नियमावली उपर संसोधन प्रस्ताव समेत पारित गरेको छ । कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकाल ज्यूले कम्पनीको प्रगति विवरण तथा भावी कार्ययोजनाहरु प्रस्तुत गरेका थिए । साथै कम्पनीले अब आगामी वर्षहरुमा आफ्ना शेयर धनीहरुलाई प्रतिफल दिनेगरी अगाडी बढिरहेको बताए।

मुक्तिनाथ बिकास बैंक तथा नेपालका विभिन्न व्यवसायिक क्षेत्रमा संलग्न व्यक्तिहरुको लगानीमा स्थापना भई समग्र कृषि मूल्य शृंखलामा व्यवस्थापकीय भूमिका निर्वाह गर्ने उद्देश्यका साथ अगाडी बढिराखेको छ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।