हकप्रद जारी गर्न छ्याङ्दी हाइड्रोले बोलायो साधारण सभा


छ्याङ्दी हाइड्रोपावर लिमिटेडले साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको बैशाख ५ गते बसेको सञ्चालक समितिको ९४ औं बैठकले सभा आह्वान गरेको हो । सभा बैशाख २८ गते बिहीवार अग्रवाल भवन, कमलपोखरी, काठमाण्डौमा ११ बजे बोलाइएको छ ।

सभाले पुँजी वृद्धि गर्नुमा साथै आठौं वार्षिक साधारण सभाबाट निर्णय भए वमोजिमको ४० प्रतिशत हकप्रद शेयर सम्बन्धी निर्णय रद्द गरी कम्पनीको चुक्ता पूँजीको १०० प्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने छ ।

यस्तै सभाले आर्थिक वर्ष २०७८\०७९ को लेखापरिक्षण प्रतिवेदनका सम्पूर्ण वित्तिय विवरणहरु उपर छलफल गरी पारित गर्ने छ । यसैगरी सभाले आर्थिक वर्ष २०७२\०८० को लागी लेखापरिक्षण गर्नका लागी लेखापरिक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि वैशाख १७ गते शेयरधनी दर्ता पुस्तिका बन्द अर्थात बुक क्लोज हुने जनाएकोे छ । शेयरधनी दर्ता पुस्तिका बन्द भएको मिति भन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा भएको कारोवारबाट कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा भाग लिन र मतदान गर्न पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।