उद्योग मन्त्रालयले दश उद्योगलाई १९ हजार मेट्रिक टन चिनी आयात गर्न दिने


सरकारले १० उद्योगलाई भारतबाट चिनी आयात गर्न स्वीकृत दिएको छ । अब १० उद्योगले कच्चापदार्थका रूपमा नेपालमा चिनी आयात गर्न सक्ने छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार भारतबाट नेपाललाई चिनी आयातका लागि तोकिएको कोटा बमोजिम औद्योगिक कच्चा पदार्थका रूपमा प्रयोग गर्ने गरी चिनी आयात गर्न इच्छुक उद्योगीसँग आवेदन मागिएको थियो ।

त्यसमा प्राप्त प्रस्तावबाट १० उद्योगले अनुमति पाएका छन् । यसरी अनुमति पाउने अधिकांश खाद्य उद्योग हुन् । मन्त्रालयका अनुसार ललितपुरमा रहेको एग्रो थाई फुड्स प्रालि, सुनसरीमा रहेको गुडलाइफ बेभरेज प्रालि, एशियन विस्कुट एण्ड कन्फेक्सनरी प्रालि, क्वालिटी फुड (नेपाल) प्रालि, क्वालिटी फुड एण्ड स्न्याक्स ईण्डष्ट्रिज प्रालि, वालिटी कन्फेक्सनरी प्रालि, क्वालिटी डाइट एण्ड फुड प्रोडक्टस् प्रालिलाई चिनि ल्याउनको लागि अनुमती दिइएको छ ।

यस्तै मन्त्रालयले मोरङमा रहेको शिवम डेरी एण्ड फुड इण्डष्ट्रिज प्रालि, भद«पुर झापामा रहेको केआरएस भेन्चर्स प्रालि र पोखरी कास्कीमा रहेको सुजल फुड्स प्रालिलाई निर्धारित कोटामा चिनि आयात गर्न दिने भएको छ । बिभागले आज एक सुचना जारी गर्दै उक्त उद्योगहरुलाई सम्पर्क आउन आग्रह गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।