१३ वाणिज्य बैंकहरुले घटाए मुद्दति निक्षेपको ब्याजदर, यी बैंकको व्याजदर बढ्यो


२० वाणिज्य बैंकहरुमध्ये १३ बैंकहरुले साउन महिनाका लागि व्याजदर घटाएका छन् । असार महिनामा बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ७.६९ प्रतिशत दिएका थिए। यस्तो ब्याजदर औसतमा ६.८८ प्रतिशत थियो।

साउनको लागि बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ७.५३ प्रतिशत दिने भएका छन्। औसत ब्याजदर ६.६४ प्रतिशत छ। साउनको लागि एनएमबी र एनआइसी एशिया दुवै बैंकले अधिकतम ७.५३ प्रतिशत ब्याजदर तोकेका छन्।

यता, ५ बैंकहरुले भने असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। २ बैंकहरुले भने असारको तुलनामा ब्याजदर केही बढाएका छन्। एनएमबी र एनआइसी एशिया बैंकले अहिले व्यक्तिगत मुद्दतिमा सबैभन्दा धेरै ब्याज दिएका छन् ।

एभरेष्ट र कृषि विकास बैंकले ब्याजदर बढाएका छन्। लक्ष्मी सनराइज बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक,नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल एसबिआई बैंक र नबिल बैंकको ब्याजदर स्थिर छ।

कुन वाणिज्य बैंकको व्याजदर कति घट्यो ?

१३ बैंकहरुले साउन महिनाका लागि व्याजदर घटाएका छन् । जसमध्ये राष्ट्रिय वाणिज्य बैंकले ०.२ प्रतिशत व्याजदर घटाएको छ भने ग्लोबल आईएमई बैंक, प्राइम कर्मसियल बैक, सिद्धार्थ बैक., स्टान्डर्ड चार्टड बैंकले ०.२५ प्रतिशत व्याजदर घटाएका छन् ।

यस्तै, नेपाल बैंक, हिमालयन बैंक, माछापुच्छे बैंक, प्रभु बैंकले ०.५ प्रतिशत व्याजदर घटाउँदा कुमारी बैंकले ०.०५ प्रतिशत व्याजदर घटाएका छन् ।
यस्तै सानिमा बैंकले ०।७ प्रतिशत व्याजदर घटाएको छ भने सिटिजन्स बैंक इन्टरनेशनलले ०.१५ प्रतिशत र एनआइसी एसियाले ०.१६ प्रतिशत व्याजदर घटाएका छन् ।

यस्तै, लक्ष्मी सनराइज बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल एसबिआई बैंक र नबिल बैंकको ब्याजदर स्थिर छ। लक्ष्मी सनराइज बैंकले ६.५ प्रतिशत व्याजदर दिएको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेपाल इन्भेष्टमेन्ट मेघा बैंक र नबिल बैंक ले ७ प्रतिशत व्याजदर दिदै आएको छ । यस्तै नेपाल एसबिआई बैंकले ६.३ प्रतिशत व्याजदर दिदै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।