प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा स्थगित


प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । होटल ईच्छा, सिमरा, बारामा जेठ २ गते हुने भनिएको कम्पनीको उन्नाइसौँ वार्षिक साधारण सभा स्थगित भएको हो ।

संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण काठमाडौं उपत्यका लगायत अन्य स्थानमा निषेधाज्ञ जारी भएका कारण उक्त मितिमा बोलाइएको वार्षिक साधारण सभा स्थगित गरिएको कम्पनीले जनाएको छ ।

अर्को सुचना जारी नभए सम्मको लागि साधारण सभा स्थगित गरिएको कम्पनी सचिव आनन्द बाबु खड्काले जानकारी दिए ।

प्रकाशित मिति: २६ बैशाख २०७८, आइतबार  १३ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।