नेपाली ठूलो गोलभेँडाको भाउ एक सातादेखि स्थिर


कालिमाटी तरकारी तथा फलफूल बजारमा नेपाली ठूलो गोलभेँडाको भाउ एक सातादेखि स्थिर रहेको छ । फागुन ५ गते प्रतिकेजी औसत मूल्य ५५ रुपैयाँ तोकिएको गोलभेँडा आज पनि सोही भाउमा कारोबार भइरहेको छ ।

त्यस्तै रातो आलुको भाउ ३२ देखि ३६ रूपैयाँ प्रतिकिलो छ। भारतीय रातो आलुको भाउ किलोमा २ रूपैयाँ बढेको छ। यस्तै, कालिमाटीमा भारतीय ठूलो गोलभेँडाको भाउ ३ दिन देखि स्थिर रहेको छ ।

गत फागुन १ गते प्रतिकिलो ६५ रुपैयाँ तोकिएको गोलभेँडा आज पनि सोही भाउमा कारोबार भइरहेको छ । यसैगरी, आज सानो लोकल गोलभेँडा २० देखि २५ रुपैयाँसम्म कारोबार भइरहेको छ भने टनेल गोलभेँडा २५ देखि ३० रुपैयाँसम्म कारोबार भइरहेको छ ।

यस्तै आज प्रतिकिलो सुकेको प्याजको भाउ ७५ देखि ८० रूपैयाँ छ भने मटरकोशा ११० देखि १२० रूपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, आज रातो मुला ३७ रुपैयाँ, भन्टा लाम्चो ४५ रुपैयाँ, तितो करेला १३० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ ।

त्यसैगरी लोकल गाजर किलोको ३५ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, रातो आलु ३४ रुपैयाँ तोकिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ फाल्गुन २०८०, शुक्रबार  ०९ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।