बैंकहरुले बढाए पर्यटन क्षेत्रमा लगानी, माघसम्म कुन बैंकले कति गरे ?


काठमाडौँ । वाणिज्य बैंकहरूले पर्यटन क्षेत्रमा गर्ने लगानीमा वृद्धि भएको छ । गत आवको भन्दा चालु आवमा पर्यटन सेवा कर्जामा ४.१२ प्रतिशतले वृद्धि भएको हो ।

नेपाल राष्ट्र बैंकले  बैंक तथा वित्तीय संस्थाहरुलाई एक सर्कुलर जारी गर्दै कुल कर्जाको २० प्रतिशत पर्यटन क्षेत्र, लघु, घरेलु तथा मझौला उद्योग, ऊर्जा क्षेत्र, सूचना प्रविधि तथा सञ्चार प्रविधिमा आधारित उद्योग र स्वदेशी कच्चा पदार्थमा आधारित निर्यात उद्योगमा लगानी गर्नुपर्ने व्यवस्था गरेकोले  अब लगानी अझै बढ्ने अपेक्षा गरिएको छ ।

चालु आवको माघसम्म पर्यटन क्षेत्रमा गर्ने लगानी २ खर्ब २५ अर्ब ६६ करोड पुगेको छ । गत आवमा पर्यटन क्षेत्रको लगानी २ खर्ब १६ अर्ब ७४ करोड रुपैयाँ रहेको थियो । चालु आवमा पर्यटन क्षेत्रमा सबैभन्दा बढी लगानी गर्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गरको छ । माघसम्म बैंकले कुल २३ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

त्यस्तै, प्रभु बैंकले २२ अर्ब ३७ करोड रुपैयाँ लगानी गर्दा र प्राइम कमर्सियल बैंकले २१ अर्ब ८० करोड रुपैयाँ लगानी गरेको छ ।

चार महिनामा विदेश भ्रमणमा नेपालीले गरे ७५ अर्ब खर्च, पर्यटक आम्दानी भने २७ अर्ब मात्रै !

चालु आर्थिक वर्षमा माछापुच्छ्रे बैंकले गत वर्षको तुलनामा सबैभन्दा बढी कर्जा लगानी गरेको पाइएको छ । यस बैंकले आफ्नो पर्यटन कर्जा लगानीमा २९.१० प्रतिशत बढी लगानी गरेको छ । माछापुच्छ्रे बैंकले ६ अर्ब ४२ करोड रुपैयाँ लगनी गरेको हो ।

त्यस्तै प्राइम कमर्सियल बैंकको कर्जा लगानी १७.३७ प्रतिशतले बढेको छ । बैंकले २१ अर्ब ८० करोड रुपैयाँ लगानी गरेको हो । यता, ग्लोबल आइएमई बैंकले १२.३२ प्रतिशत वृद्धि गरेको छ । बैंकले २१ अर्ब ४६ करनेड रुपैयाँ लगानी गरेको हो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको पर्यटन क्षेत्रमा लगानी २९.७६ प्रतिशतले घटेको छ । सो बैंकले पर्यटन क्षेत्रमा ७८ करोड रुपैयाँ मात्र लगानी गरेको हो । यता, एनआइसी एसिया बैंकको पर्यटन क्षेत्रमा लगानी पनि १५.७७ प्रतिशतले खुम्चिएको छ । सो बैंकले पर्यटन क्षेत्रमा २ अर्ब ४९ करोड रुपैयाँ लगानी गरेको हो ।

यस्तै, कुमारी बैंक लगानी ८.८३ प्रतिशतले घटेर १५ अर्ब ५८ करोड रुपैयाँमा सिमित भएको छ भने लक्ष्मी सनराइज बैंकको लगानी ४.७२ प्रतिशतले घटेर ११ अर्ब ६ करोड रुपैयाँमा सीमित भएको छ ।

आन्दोलनको छायाबाट बाहिर निस्किँदै पर्यटन, अकुपेन्सी ९० प्रतिशतसम्म

 

प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार  ०९ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।