सेयर बजारमैत्री अर्थमन्त्रीको रुपमा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले कार्यभार सम्हालेपछि पछिल्लो दुई दिनमा बढेको सेयर बजारबाट मंगलबार नाफा सुरक्षित गर्ने होडले नेप्से दोहोरो अंकले घटेको छ । सोमबार र मंगलबार गरी दुई दिनमा नेप्से ११७ अंकले बढेको थियो । अल्पकालीन लगानीकर्ताहरुले मंगलबार प्रोफिट बुकिङ्ग गर्दा बजार सूचक नेप्से ११.८१ अंकले घटेको हो । गिरावटसँगै…