सेयर बजार, मौद्रिक नीति: ‘कोमामा पुगेको बजारलाई केवल सिटामोल’

शुक्रवार नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिपश्चात् लगातार दुई दिन आइतवार र सोमवार नेप्सेको सूचकाङ्क बढ्यो। तर त्यसलाई मौद्रिक नीति सेयरबजारको हितमा आएको नठान्न लगानीकर्ताहरूले चेतावनी दिएका छन्। पछिल्ला कैयन् महिनादेखि नेप्सेमा निरन्तर पहिरो गइरहेको छ। अघिल्लो असार मसान्तमा नेप्सेका सूचीकृत सेयरहरूको मूल्य वा बजार पुँजीकरण ४० खर्ब रुपैयाँ नाघेकोमा यसपालिको असार मसान्त आइपुग्दा त्यो…