नेष्डो समृद्ध लघुवित्तको आईपीओ पाउने लगानीकर्ता मालामाल, १३३ रुपैयाँ EPS पुर्‍याउने

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) पाउने लगानीकर्ता मालामाल हुने देखिएको छ । कम्पनीले विगत तीन वर्षयता गरेको प्रगति र भविष्यमा गर्नसक्ने प्रगतिको प्रक्षेपणको समीक्षा गर्दा कम्पनीको भविष्य उज्जव देखिएको हो । लघुवित्तले आईपीओ निष्काशनका लागि प्रकाशन गरेको आह्वानपत्र अनुसार गत आर्थिक २०७७।७८ को अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले २५ करोड…