कोरोना माहामारकिा कारण लामो समय देखि बन्द चालक अनुमति पत्र (ड्राइभिङ्ग लाइसेन्स) को लागि आवेदन खुला भएकाे छ । यातायात व्यवस्था विभागले कार्तिक ९ गते मंगलबार देखि अनलाइन फारम खुला गरेको हाे । कोरोना संक्रमणकाे दोस्रो लहरलाई ध्यानमा राख्दै गत वैशाख १६ गतेदेखि अनलाइन आवेदन बन्द गरिएको थियो । लाइसेन्सको अनलाइन फाराम सातवटै प्रदेशमा खुलेको…