प्रि-ओपनिङ्गमा दोहोरो अंकले बढ्यो नेप्से

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदर वृद्धिमा अघिल्लो महिनाभन्दा १० प्रतिशतभन्दा बढी बढाउन नपाउनेगरी मंगलबार साँझ परिपत्र गरेपछि भोलिपल्टको प्रि-ओपनिङ्ग सेसनमा नै त्यसको सकारात्मक असर देखिएको छ । बुधबार प्रिओपन सेसनमा नेप्से परिसूचक ११.१० अंकले बढेर २५२२.२० विन्दुमा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचक २.०६ अंकले बढेर ४७४.०२ विन्दुमा पुगेको छ । यस अवधिमा ६५ लाख…