नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र सूचीकृत भएको छ । नेप्सेमा शुक्रबार नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेको २०८३ “ङ” नामक ५ वर्षे अवधिको विकास ऋणपत्र सूचीकृत भएको हो । उक्त ऋणपत्रमा लगानी गर्नेले ४.३७ प्रतिशत ब्याज पाउनेछन् । २०८३ साल आसर २३ गते सावाँ भुक्तानी गरिने छ…