नेपाल लाइफ इन्स्योरेन्सले नेशनल मर्चेन्ट बैंकर लिमिटेडको बहुमत शेयर खरीद गरेको छ । कम्पनीले नेशनल मर्चेन्टको ५१ प्रतिशत संस्थापक शेयर खरिद गरेको हो । शुक्रबार भएको शेयर खरीद सम्झौतापत्रमा नेपाल लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र नेशनल मर्चेन्ट बैंकरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नविन बास्कोटाले हस्ताक्षर गरेका छन् । नेशनल मर्चेन्ट नेपाल धितोपत्र…