नेपाल-भारत सीमा विवाद लगायतका विषयमा छलफल गर्न परराष्ट्रमन्त्री ज्ञवाली दिल्ली प्रस्थान

नेपाल-भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज बिहान भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन्। आजैदेखि प्रारम्भ हुने उक्त बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयका साथै व्यापार, पारवहन, ऊर्जा, सीमाना, कोभिड-१९ सहयोग, भौतिक पूर्वाधार, सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन एवं संस्कृतिबारे छलफल हुनेछ । मन्त्री ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री…